www.tandavnews.com
Fact ~ In search of truth

यि हुन् पोखरामा प्रशासनको कारवाहीमा परेका फर्म

पोखरा
ताण्डव न्यूज ।

पोखराका विभिन्न क्षेत्रमा आइतबार वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागसहितको टोलीले अनुगमन गर्यो । अनुगमनका क्रममा ४ वटा फर्मलाई जरिवाना गराइयो । ८ वटा फर्ममा कैफीयत देखिएपनि अन्य ४ फर्मलाई चेतावनिसहित तत्काल सुधार गर्न आदेश दिइएको छ ।

विभाग, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरा, गुणस्तर तथा नापतौल कार्यालय पोखरा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पोखरा लगायतको संलग्नतामा बजार अनुगमन गरिएको थियो ।

Batas

उक्त अनुगमनका क्रममा यस क्षेत्रका प्रशोधित खानेपानी उत्पादक, निर्माण सामाग्री विक्रेता, औषधी विक्रोता, बेकरी उद्योग, फ्रेस हाउस समेतका केही उद्योग प्रतिष्ठानले बिल बिजक नगरेको, म्याद नाघेको वस्तु विक्रिमा राखेको, दर्ता नभएको लगायतको कैफियत देखिएको थियो ।

जिल्ला प्रशासन कार्यालय कास्कीको प्रेस विज्ञप्ती

प्रशासनले विज्ञप्तीमा आठ वटा फर्मलाई कुल ५ लाख ५० रुपैयाँ जरिवाना गरिएको भनेपनि ४ वटा फर्मलाई मात्र जरिवाना गरिएको हो ।

जरिवानामा पर्ने फर्महरु

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.