www.tandavnews.com
Fact ~ In search of truth

पाेखरा : कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना, परिक्षा रोक्न विद्यार्थीको माग

पोखरा
ताण्डव न्यूज ।

कलेजमा अध्यनरत एक विद्यार्थीमा कोरोनाको संक्रमण देखिँदा समेत सर्तकता नअपनाएको भन्दै पोखराको नदिपुरस्ठित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम)का विद्यार्थीहरुले असन्तुष्टि जनाएका छन् ।

सो कलेजमा बिबिए दोश्रो सेमेष्टरमा अध्यरन विद्यार्थीमा कोरोना संक्रमण भएको अवस्थामा सावधानी नअपनाईएको सोही विद्यालयमा अध्ययनरत एक विद्यार्थीले ताण्डव न्यूजसंग गुनासो गरे ।

Batas

“यस्तो महामारीको अवस्थामा स्वास्थ्यको ख्याल त गर्नुप¥यो नि, आफ्नो सुरक्षा आफै गर्ने भन्दै भोलिको परिक्षा सञ्चालन गर्ने भनेको छ” नाम नबताउने सर्तमा उनले भने “यसरी त कलेजको मनलाग्दी भयो ।” उनका अनुसार कोरोना संक्रमित विद्यार्थीको सम्पर्कमा रहेका मध्ये अर्का एकजना पनि आईसोलेसनमा रहेका छन् । अनलाईन सञ्चालनका लागि आग्रह गरेपनि कलेज प्रशासनले नमानेको उनको आरोप छ ।

तथापी कलेज प्रशासन भने विद्यार्थीहरुको कुरा मान्न तयार छैन । कोरोना संक्रमण भएका विद्यार्थी विगत १५ दिनदेखि कलेज मै नआएकोले अरु विद्यार्थीहरुलाई जोखिम नरहेको प्राचार्य चैतन्य अधिकारीले ताण्डव न्यूजलाई बताए । “ संक्रमित भएका विद्यार्थी सतर्क रहँदै १५ दिनदेखि कलेज आएका छैनन” अधिकारीले भने “उनी परिक्षामा पनि सामेल भएका छैनन ।” कोरोना संक्रमित भएकै अवस्थामा पनि परिक्षा दिन छुट्टै व्यवस्था गरिनुपर्ने अवस्था रहेको भन्दै उनले बैसाखभित्रै परिक्षा सक्नुपर्ने दवाबका कारण पनि परिक्षा सार्न नसकिने बताए । “बैसाखभित्रै परिक्षा सक्न सरकारले निर्देशन दिईसकेको अवस्थामा हामीले परिक्षा रोक्न मिल्दैन ।” उनले भने ।

कलेजका सहायक प्रशासक सुसान्त पौडेलले विद्यार्थीले अनलाईनबाट परिक्षा दिन मिल्ने प्रावधान नरहेको बताए । बैसाख ६ गते एउटा विषयको परिक्षा सम्पन्न भैसकेको अवस्थामा सावधानी अपनाएर सबै परिक्षा सञ्चालन गरिने बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.