www.tandavnews.com
Fact ~ In search of truth

पोखरा वडा ८ को संक्रमितको चितवनमा उपचारको क्रममा मृत्यु

पोखरा ।

पोखराका कोरोना सक्रमितको चितवनमा मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय वृद्ध छन् ।

मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

Batas

अस्पतालका अनुसार उनलाई यही वैशाख ६ गते कोरोना सक्रमण पुष्टि भएको थियो । सक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा मृत्यु भएको हो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.