www.tandavnews.com
Fact ~ In search of truth

खुला ठाडो भाका र बाघचाल प्रतियोगिता शुक्रबारदेखि

लमजुङ ।

यही वैशाख १० र ११ गते खुला प्रतियोगिताका रूपमा ठाडो भाका र बाघचाल प्रतियोगिताको आयोजना हुने भएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले बेँसीशहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नवराज पहाडीले लोकसंस्कृतिको उत्थानका लागि कार्यक्रम आयोजना गरिएको बताए।

उनले ठाडो भाकाका लागि पुरुष र महिला तीन/तीनजना सहभागी भई विपरीतलिङ्गी समूहसँग १० टुक्का गाउनुपर्नेछ । दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेसीको भगवान् आधारभूत विद्यालयमा आयोजना गरिने कार्यक्रमको प्रर्वद्धन दोर्दी गाउँपालिकाले गरेको छ ।

Batas

कार्यक्रममा ठाडो भाकाका महानायकको उपाधि बुद्धिमान दुरा ‘धम्पु’ लाई र ठाडोभाका ‘नर्मदा स्मृति’ पुरस्कारबाट लोक संस्कृतिकर्मी कृष्ण कँडेललाई सम्मान गरिने भएको छ ।

प्रतियोगिताका लागि ठाडोभाकातर्फ १५ समूह र बाघचालतर्फ ३५ जनाले नाम दर्ता गरिसकेको अध्यक्ष पहाडीले बताए । ठाडोभाकातर्फ ९० टोलीको सहभागिता रहनेछ ।

ठाडोभाकातर्फ प्रथमलाई २५, दोस्रोलाई १५ र तेस्रोलाई १० हजार पुरस्कार प्रदान गरिने तथा सहभागी समूहलाई बाटो खर्चस्वरुप तीन/तीन हजार प्रदान गरिने छ । बाघचालतर्फ प्रथमलाई  सात हजार, दोस्रोलाई चार हजार र सान्त्वना दुई जनालाई दुई/दुई हजार पुरस्कार छ ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका संरक्षक दुरा र सदस्य दुराले ठाडो भाकाका केही टुक्का गाएका थिए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.