www.tandavnews.com
Fact ~ In search of truth

भारतमा एकै दिन तीन लाख बढी कोरोना संक्रमित

भारत ।

भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को संक्रमित संख्या तीन लाख १४ हजार ८३५ जना थपिएपछि कुल संक्रमितको संख्या एक करोड ५९ लाख ३० हजार भन्दा बढी भएको छ ।

सोही अवधीमा भारतमा कोरोनाबाट २ हजार १०४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या १ लाख ८४ हजार ६५७ जना पुगेको छ । भारतमा कोरोना भाइरस संक्रमण शुरु भएयता एकै दिनमा ३ लाख भन्दा बढी व्यक्ति संक्रमित भएका यो पहिलो पटक हो ।

Batas

कोरोना माहामारी शुरु भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्यांकले जानकारी दिएको छ । यद्यपी संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाख भन्दा बढी व्यक्ति संंक्रमित भएका थिए ।

भारतमा बुधबारुसम्म सक्रिय संक्रमितको संख्या २२ लाख ९१ हजार ४२८ रहेको छ । यहाँ हालसमम एक करोड ३४ लाख ५४ हजार ८८० व्यक्ति कोरोना मुक्त भएका छन् ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १३ करोड २३ लाख ३० हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

भारतमा बुधबार मात्रै १६ लाख ३९ हजार ३५७ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २१ सम्म कूल २७ करोड २० लाख भन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा मंगलबार एकै दिनमा २८ हजार ३९५ जना कोरोना भाइरस संक्रमित भएका २७७ जनाको मृत्यु भएको छ । भारतको दिल्लीमा कोरोना शुरु भएपछि हालसम्म कोरोना संक्रमणबाट १२ हजार ६३८ जनाको मृत्यु भइसकेको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.