www.tandavnews.com
Fact ~ In search of truth

ओली र नेपाल बीच वान टु वान वार्ता जारी, सुरक्षामा कडाई

काठमाडौं,
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच दोश्रो दिन आज पुनः भेटवार्ता सुरु भएको छ । नक्सालस्थित मेरियट होटलमा दुवै नेता एक्लाएक्लै वार्तामा छन् ।

दुवै नेताबीच हिजोको वार्ताबाट कुनै निष्कर्ष ननिस्केपछि आज निर्णाय वर्ताका लागि भेट भएको श्रोतले जनाएको छ । वार्तास्थल नागपोखरीस्थित होटल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Batas

आज बिहान बल्खुस्थित पार्टी कार्यालयको शिलान्यास गर्न ओलीले नेपाललाई आग्रह गरेको भए पनि नेपालले भने अस्वीकार गरेका थिए ।हिजोको वार्तामा नेपालले नेकपा एमाले २०७५ जेठ २ को अवस्थामा फर्कनुपर्ने अडान राखे पनि ओलीले पुरानै ठाउँमा फर्कन नसकिने भन्दै उनको प्रस्ताव अस्वीकार गरेका थिए ।

पछिल्लो समय एमालेभित्र दुई धारमा अन्तरद्वन्द्व चर्किँदै गर्दा दुई नेताबिचको कुराकानीले कार्यकर्तामा सकारात्मक सन्देश गएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.