www.tandavnews.com
Fact ~ In search of truth

फेवाताल किनारको रिटेनिङ पर्खाल १/२ दिनमा भत्काउँदै महानगर

पोखरा,
ताण्डव न्यूज ।

फेवाताल किनारको रिटेनिङ पर्खाल महानगरले भत्काउने भएको छ ।

मापदण्ड मिचेर लगाएको रिटेनिङ पर्खाल भत्काउन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले निर्देशन दिएका हुन् । मेयर जिसीले प्रशासनसँग सहकार्य गरेर पोखरा १८ खपौँंदीमा बनाइएको पर्खाल भत्काउन महानगरको विपद व्यवस्थापन तथा निरीक्षण महाशाखा प्रमुख वरिष्ठ कानुन अधिकृत नारायण शर्मालाई बुधबार निर्देशन दिएका हुन् ।

Batas

सौन्दर्यकरणको नाममा ताल नै मिचेर पर्खाल लगाइएकोबारे ध्यानाकर्षण गराउन नागरिक समाज कास्कीको टोलीले बुधबार मेयर जिसीलाई भेटेको थियो । मेयर जिसीले आफूहरुले सम्बन्धित जग्गाधनीको ध्यानाकर्षण गराए पनि अटेर गरेकाले अब पर्खाल भत्काइने बताए । ‘पहिला पनि डोजर चलाएको हो ।
म आफै गएर सामान जफत गरेर ल्याएको छु,’ मेयर जिसीले प्रमुख शर्मालाई निर्देशन दिँदै भने, ‘जिल्ला प्रशासनसँग समन्वय गरेर भोलि नै जेसिबी लगेर भत्काइदिनू ।’

महाशाखा प्रमुख शर्माले प्रक्रिया पु¥याएर १÷२ दिनमै पर्खाल भत्काइने बताए ।बाँध मर्मतका लागि पानी घटेको मौकामा पोखरा–१८ खपौँदीस्थित फेवाताल किनारमा रिटेनिङ पर्खाल लगाउने काम जारी छ । अहिले काम भइरहेको ठाउँ त्यही हो, जहाँ मेयर मानबहादुर जिसी, उपमेयर मन्जुदेवी गुरुङसहितको टोलीले २८ मंसिरमा डोजर चलाएको थियो ।

८ जना व्यक्तिले संरचना बनाइरहेको पाएपछि महानगरको टोली २७ र २८ मंसिरमा खपौँदी क्षेत्र पुगेको थियो । संरचना नबनाउने भन्दै कागज नै गराइएको थियो । कागजी सम्झौता पालना नगरेपछि महानगरले २८ मंसिरमा १५ ट्रिप ढुंगा, केही थान त्रिपाल र जाली जफत गरेको थियो ।

कुनै संरचना नबनाउने सर्त भए पनि स्थानीय होटल व्यवसायीले अहिले करिब २ फिट अग्लो डेढ सय मिटर लामो पर्खाल लगाइसकेका छन् । नागरिक समाजसँग बुधबार भएको भेटमा मेयर जिसीले मापदण्ड पनि छिट्टै टुंग्याइने बताए । महानगरले फेवातालको मापदण्ड नतोक्दा फेवाताल मिचेर संरचना बनाउने काम रोकिएको छैन ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.