www.tandavnews.com
Fact ~ In search of truth

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

बाँके ।

बाँकेमा कोरोना संक्रमणबाट थप एक बिरामीको मृत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१७ बाँके निवासी ८६ वर्षीय संक्रमितको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन समितिका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार यही वैशाख ७ गते गरिएको पिसिआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ । जिल्लामा आजमात्रै २०४ नयाँ संक्रमित थपिएका छन् ।

Batas

भेरी अस्पतालमा लिइएको ३५० नमूना स्वाबको परीक्षणमा २०४ मा कोरोना पुष्टि भएको उनले बताए । दैनिकरूपमा संक्रमित र बिरामीको चाप बढेपछि बाँकेका अस्पताललमा गम्भीर प्रकृतिका बिरामीलाई मात्र भर्ना गर्न थालिएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.