www.tandavnews.com
Fact ~ In search of truth

त्रिकोणात्मक क्रिकेटःमलेसियालाई हराउँदै फाईनलमा पुग्यो नेपाल

काठमाडौं,
ताण्डव न्यूज ।

काठमाडौंमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत बिहीबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियामाथि फराकिलो जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको हो ।

टस जितेर मलेसियाले फिल्डिङ रोजेपछि पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले करण केसीको विस्फोटक ब्याटिङको मद्दतमा ७ विकेटको क्षतिमा २१७ रन बनाएको थियो ।

नेपालका लागि करण केसीले विस्फोटक ब्याटिङ गर्दै १३ बलमै ४५ रन जोडेका थिए । उनले ७ छक्काको मद्दतमा सो रन बनाएका हुन् ।यस्तै, आसिफ शेखले ४२, ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे । मलेसियाका लागि फित्री शाम, अनवर रहमान र शयद अजिजले दुई–दुई विकेट लिए भने मुहम्मद वाफिकले एक विकेट हासिल गरे ।

२१८ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया २० औं ओभरको पहिलो बलमा सबै विकेट गुमाएर १४८ रनमा सीमित रह्यो । मलेसियाका लागि अमिनुद्दीन रमलेले ४१, अहमद फैजले ३१ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र कमल ऐरीले तीन–तीन विकेट लिए भने सुशन भारीले एक विकेट हात पारे ।लिग चरणमा ६ अंकका साथ नेपाल शीर्ष स्थानमा पुगेको छ भने ५ अंकका साथ मलेसिया दोस्रो स्थानमा छ । उपाधिका लागि यी दुई शीर्ष टोलीबीच भिडन्त हुनेछ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.