www.tandavnews.com
Fact ~ In search of truth

जसपामा विवाद, पार्टी नफुट्ने नेता महतोको दावी

काठमाडौं,
ताण्डव न्यूज ।

भावी सत्ता सहयात्रामा कसलाई साथ दिने भन्ने बारेमा जनता समाजवादी पार्टी (जसपा) भित्र विवाद बढ्दै गएको छ ।

जसपामा पूर्वसमाजवादी पक्ष (उपेन्द्र यादव र बाबुराम भट्टराई) नेकपा एमालेबाहेकका दलहरुसँग सत्ता सहकार्य गर्नुपर्ने पक्षमा छ भने पूर्व राजपा पक्ष एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई समथर्नको पक्षमा देखिएको छ ।

Batas

पूर्व राजपा पक्षका नेताहरु महन्त ठाकुरसहित राजेन्द्र महतो ओलीलाई माग सम्बोधन गराएर समर्थन गर्नुपर्ने पक्षमा उभिएका छन्। जसपामा पूर्व राजपा पक्षधर सांसद १७ जना छन्।आगामी सरकार निर्माणका बारेमा निर्णय गर्न जनता समाजवादी पार्टी जसपालाई केही समय लाग्ने भएको छ ।

जसपाका नेता राजेन्द्र महतोले सञ्चारकर्मीसंगको कुराकानीमा पार्टीमा विचारको स्वतन्त्रता रहेको भन्दै कसलाई समर्थन गर्ने भन्ने विवाद नभएको दावी गरे । एकथरी मानिसहरू जसपा फुटोस भनेर लागिपरेको उल्लेख गर्दै आफ्नो पार्टी नफुट्ने नेता महतोको भनाइ छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.