www.tandavnews.com
Fact ~ In search of truth

भूकम्पले क्षतिग्रस्त विद्यालय भवन असार मसान्त सम्म बनिसक्ने

काठमाडौं,
ताण्डव न्यूज ।

पाँच वर्षअघिको भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त सबै विद्यालय भवनको आगामी असार मसान्तसम्ममा पुनःनिर्माण कार्य सकिने भएको छ ।

वि.सं. २०७२ सालको भूकम्पका कारण ३१ जिल्लाका नौ हजार ७२ विद्यालयका ५४ हजार ५८४ कक्षाकोठामा क्षति पुगेको थियो । क्षतिग्रस्त भएकामध्ये यसबीचमा ३ सय २७ वटा विद्यालय गाभिएका छन् भने १सय५३ वटा विद्यालय सञ्चालनमा छैनन् ।

Batas

क्षतिग्रस्तमध्ये सात हजार ५ सय ५३ वटा विद्यालय भवन पुनःनिर्माण हुनुपर्नेमा हालसम्म छ हजार २सय ४६ वटा भवनको पुनःनिर्माण भइसकेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना निर्देशक रामशरण सापकोटाले बाँकी रहेका एक हजार ३ सय ७ वटा विद्यालय भवनको आगामी तीन महिनाभित्र निर्माण सम्पन्न भइसक्ने जानकारी दिए ।

एकाइका अनुसार विद्यालय व्यवस्थापन समितिमार्फत चार हजार ९३३, निर्माण व्यवसायीमार्फत ५५४ र गैरसरकारी संस्थामार्फत् ७५९ विद्यालय भवन पुनःनिर्माण गरिसकिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.