www.tandavnews.com
Fact ~ In search of truth

चितवनः कोरोना संक्रमणबाट ३९ वर्षीया महिलाको ज्यान गयो

चितवन ।

कोरोना भाइरस कोभिड–१९ का कारण एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ३९ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।

निमोनियको समस्याका कारण वैशाख ७ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो । अस्पताल भर्ना भएकी उनमा वैशाख ९ गते कोभिड संक्रमण पुष्टि भएको थियो ।

Batas

कोभिड संक्रमण पुष्टि भएसँगै उनी चितवन मेडिकल कलेजको कोभिड सघन उपचार कक्षमा भर्ना भएकी थिइन् । कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.