www.tandavnews.com
Fact ~ In search of truth

गोरखा :आफैँले समाएको फलामको रडले विद्युतको तारमा छुदाँ करेन्ट लागि मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

करेन्ट लागेर आज बिहान एक युवकको मृत्यु भएको छ ।

गोरखा नगरपालिका–६ स्थित टेलिकम क्षेत्रमा सडक बाटो ढलानका क्रममा आफैँले समाएको फलामको रडले विद्युतको तारमा छुन पुग्दा करेन्ट लागेर रुकुम९पश्चिम०को चौरधारे नगरपालिका–१० घर भएका ३२ वर्षीय थलबहादुर विकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ

ढलान गरेर सडक बनाउन लागिएका ठाउँमा मजदूर विकले फलामको रड ठाडो पार्ने क्रममा विद्युत्को हाइटेन्सन लाइन एक्कासि छुन पुग्दा करेन्ट लागेको प्रदेश प्रहरी वरिष्ठ उपरिक्षक मोहन प्रसाद पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै बताएका छन् ।

करेन्ट लागेर गम्भीर घाइते विकलाई नजीकैको एपोलो अस्पतालमा उपचारका लागि पु¥याइएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.