www.tandavnews.com
Fact ~ In search of truth

५१ एम्पुल लागूऔषधसहित सराङकोटका देवेन्द्र पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा लागूऔधष सहित एक युवक पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका १८ सराङकोटका २९ वर्षीय देवेन्द्र सुनार लागूऔषधसहित नयाँबजारबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

उनको साथबाट फेनारगन १७ एम्पुल, डाईजापाम १७ एम्पुल र नुर्फिन १७ एम्पुल गरी ५१ एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । उनी आज दिउँसो १ बजेर १० मिनेटको समयमा पक्राउ परेका हुन् ।

उनलाई शंका लागि चेक गर्दा उनको साथबाट लागूऔषध बरामद भएको थियो । त्यसपश्चात उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.