www.tandavnews.com
Fact ~ In search of truth

पार्टी एकतामा माधव नेपालहरु सिरियस छैननः ओली

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालहरूले पार्टी एकताबद्ध बनाउन पहल नगरेको आरोप लगाएका छन् । बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले माधव नेपालहरूले पार्टी एकताबद्ध बनाउन कुनै पहल नगरेको आरोप लगाए ।

माधव नेपाल, योगेश भट्टराई लगायत नेताहरूसँग आफ्नो भेटघाट भएपछि उनीहरूमा पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसूस र अनुभूति नदेखिएको ओलीले बताए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालहरूको महत्वाकांक्षाकै कारण कम्युनिष्ट पार्टी विभाजित हुन पुगेको आरोप ओलीले लगाए ।

Batas

पार्टी विभाजित नभएको भए पनि सम्बन्ध शत्रुतापूर्ण बनिसकेको भन्दै उनले आफूलाई साधारण सदस्यबाट समेत निष्काशन गरेर सम्बन्धलाई शत्रुतापूर्ण बनाइएको बताए ।

यसैबीच माधवकुमार नेपाल समूहका नेताहरूले दिएको स्पष्टीकरण तुलनात्मक रूपमा ‘सफ्ट’ भएको नेकपा एमालेको ओली पक्षले निष्कर्ष निकालेको छ । अध्यक्ष एवं संसदीय दलका नेता ओलीले नेपालसहित २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए ।

प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु र दीपक भट्टले स्पष्टीकरण दिएका छैनन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.