www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका ६४ सहित गण्डकीमा आज थपिए ८६ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पछिल्लो २४ घण्टामा कास्कीको पोखरा सहित गण्डकी प्रदेशमा ८६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकीले दिएको जानकारी अनुसार ३६१ जनाको परीक्षण गर्दा ८६ जनामा संक्रमण देखिएकोे हो । थपिनेमा कास्कीका ६४ जना छन् । तनहुँमा ६, गोरखामा ५, स्याङ्जामा ४, बागलुङमा ३ संक्रमित थपिँदा पर्वत र म्याग्दीमा २÷२ संक्रमित थपिएका छन् ।

Batas

अद्यावधिक विवरण अनुसार प्रदेशमा कुल संक्रमितको संख्या १७ हजार ५ सय ७४ पुगेको छ । तीमध्ये १६ हजार ५ सय ९० जना निको भएका छन् भने २११ जनाले ज्यान गुमाएको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.