www.tandavnews.com
Fact ~ In search of truth

ओली दम्भको वायुपङखी घोडा चढेकाले एकताको सम्भावना क्षीण : वरिष्ठ नेता नेपाल

काठमाडौं ।

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन् ।

सो पार्टीको धनुषा जिल्ला कार्य समितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडामा चढ्ेका कारण एकता क्षीण हुँदै गएको स्पष्ट गरे । पार्टी गम्भीर संकटको चरणबाट गुर्जी रहेको छ भन्दै उनले संकटको सिर्जनकार पार्टी अध्यक्ष भएको आरोप लगाए ।

Batas

उनले आफूसँगको कुराकानीमा आफू समाधानको बाटो अपनाउन आग्रह गरेकामो पार्टी अध्यक्षले पार्टी एकता सुन्ने नचाहेकाले पार्टी, लोकतन्त्र, संविधान, संघीयता, विधि र प्रक्रिया धरापमा परेको धारणा राखे ।

वरिष्ठ नेता नेपालले पार्टी अध्यक्षले आफूलाई कारवाही गरेकोबारे विचार गर्न सकिने छ भनी जाली कुरा मात्र गरेको भन्दै २७ जना प्रतिनिधिसभा सदस्यसँग माग गरिएको स्पष्टीकरण औचित्यहीन रहेको बताए ।

प्रावधानअनुसार पार्टी अध्यक्षलाई २७ संसद्को पद खोस्ने कुनै आधार नरहेको स्पष्ट गर्दे उहाँले आफूहरूको मूल घर नेकपा (एमाले) नै हो, पार्टी अध्यक्षको दम्भ धरहराभन्दा माथि चढिसकेका कारण अध्यक्षले सुधार गर्नुपर्ने उल्लेख गरे।

उनले पार्टी अध्यक्ष आफूलाई सर्वज्ञानी ठान्ने गरेका कारण सबैतिर त्राहिमामको अवस्था उत्पन्न भई पाटीको गतिविधि कागजमा सीमित हुन पुगेको प्रसङ्ग उल्लेख गरे । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.