www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-होमस्टे सञ्चालकलाई अभिमुखिकरण तालिम

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज ।

पोखरा महानगरपालिका भित्रका निजी तथा सामुदायिक होमस्टेका सञ्चालकहरुलाई महानगरले होमस्टे व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरिएकाे छ ।

पोखरा महानगरपालिका नगर कार्यपालिकाको आयोजनामा होमस्टे दर्ता प्रक्रिया, व्यवस्थापन, पाहुना स्वागत सत्कार लगायतका विषयमा दुईदिने तालिम आज सम्पन्न गरेको हो ।

Batas

दर्जन बढि होमस्टे सञ्चालकहरुलाई सो तालिम दिईएको पोखरा महानगर होमस्टे व्यवस्थापन समितिका संयोजक तथा वडा २१ का अध्यक्ष खगराज आचार्यले जानकारी दिए । उनका अनुसार उक्त गोष्ठी पोखरा महानगरपालिका १८ स्थित हिजो (बिहिबार) देखि सञ्चालनमा रहेको थियो ।

आचार्यले होमस्टेलाई तीन समुहमा वर्गिकरण गरिएको बताउदै सेवा सुविधा र भित्रिएका पाहुनाको सँख्यामा वर्गिकरण गरिने जानकारी दिए ।

उनका अनुसार ‘क’ वर्गका होमस्टेमा १८ सय पाहुना भित्रिनुपर्ने, ७५ प्रतिशत स्थानिय खाना खुवाउनुपर्ने र २५ हजार रुपैया सामुदायिक उत्तरदायित्वको रुपमा खर्चिनुपर्ने प्रावधान रहेको हुन्छ । यसैगरी ‘ख’ वर्गको होमस्टेमा १ हजार पाहुना भित्रिनुपर्ने, ५० प्रतिशत स्थानिय परिकार खुवाउनुपर्ने र १० हजार सामाजिक कार्यमा खर्चिनुपर्ने हुन्छ भने ‘ग’ वर्गको होमस्टेमा ५ सय पाहुना आउनुपर्ने, ३० प्रतिशत स्थानिय स्तरमा उत्पादित अर्गानिक खाना खुवाउनुपर्ने र ५ हजार सामाजिक कार्यमा खर्चिनुपर्ने प्रावधान रहेको हुन्छ ।

‘हामीले यस्तो विषयमा सम्बन्धित रहेर जानकारी दिने उद्देश्यले दुईदिने तालिम सम्पन्न गरेका हौ’ अध्यक्ष आचार्यले भने, ‘यस्तो छ प्रावधान तपाईहरु रेकर्ड राख्नुस अनि कुन वर्गमा पर्नुहुन्छ निक्र्याैल हुन्छ र त्यही अनुसार सुविधा हुन्छ ।’

सो गोष्ठीमा पर्यटनविद डा. प्रेम शर्मा, संयोजक खगराज आचार्य र नवराज अधिकारीले प्रशिक्षण दिएका थिए ।

पोखरा महानगरको तथ्याङ्क अनुसार पछिल्लो समय ११ वटा सामुदायिक होमस्टे रहेका छन् भने ९ वटा निजी मध्ये ७ वटा दर्ताका प्रक्रियामा रहेका छन् ।

उक्त अभिमुखिकरण गोष्ठी पश्चात होमस्टे सञ्चालकहरु होमस्टे व्यवस्थापनमा प्रभावकारी हुने भन्दै हौसिएका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.