www.tandavnews.com
Fact ~ In search of truth

सहारा एकेडेमीलाई राजन एण्ड ब्रदरहुडद्वारा बल र ट्राकसुट सहयोग

पोखरा
ताण्डव न्यूज ।

पोखरामा नेपालकै सर्वाधिक राशिको फुटसल प्रतियोगिता सम्पन्न गरेको टोली राजन एण्ड ब्रदरहुडले सहारा एकेडेमीलाई फुटबल र ट्राकसुट सहयोग गरेको छ । प्रतियोगिता संयोजक आशिस क्षेत्रीको नेतृत्वमा आज (शुक्रबार) दोविल्ला स्थित सहारा एकेडेमी मै पुगेर १० थान फुटबल र २६ सेट ट्राकसुट सहयोग गरेको हो ।

सो सहयोग सामाग्री संयोजक श्रेत्रीले सहारा क्लबका अध्यक्ष केशव बहादुर थापालाई हस्तान्तरण गरे ।

Batas

सो अवसरमा बोल्दै प्रतियोगिता संयोजक क्षेत्रीले प्रतियोगिताबाट संकलित केही रकमबाट सहारा एकेडेमीमा आश्रित बालकहरुलाई सहयोग गरेको बताए । उनले सहयोग मार्फत सहारा एकेडेमीसँग जोडिन पाएको बताउदै खुशी व्यक्त गरे । उनले एकेडेमीका विद्यार्थीहरुको प्रगतीको कामना गर्दै आगामी दिनमा समेत विभिन्न खालका सहयोग जुटाउने प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै सहारा क्लब पोखराको तर्फबाट सहयोग सामाग्री ग्रहण गर्दै अध्यक्ष थापाले राजन एण्ड ब्रदरहुडलाई धन्यवाद व्यक्त गरे । उनले राजन एण्ड ब्रदरहुडले जस्तै अन्य युवाहरु पनि सामाजिक कार्यको लाग्नुपर्ने धारणा राखेका थिए ।

सो सहयोग हस्तान्तरण कार्यक्रममा पूर्व राष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङ, सहारा एकेडेमीका प्रशिक्षक विष्णु गुरुङ, अर्विन गुरुङ र ओम गुरुङ लगायतको सहभागिता रहेको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.