www.tandavnews.com
Fact ~ In search of truth

आज १५ औँ लोकतन्त्र दिवस

काठमाण्डौँ
ताण्डव न्यूज ।

आज १५ औँ लोकतन्त्र दिवस, जनताले जितेको दिन । २०६२/६३ को जनआन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता जनताको हातमा दिएको दिनको रुपमा वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ ।

तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी) को संयुक्त आह्वानमा राजतन्त्रको अन्त्य गराउन उक्त दिनको महत्वपूर्ण भूमिका रहेको भन्दै यो दिवस मनाउने गरिन्छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।

Batas

नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त परिवर्तनलाई संविधानसभामार्फत् २०७२ असोज ३ गते जनताका प्रतिनिधि आफैँले लेखेको संविधान जारी भयो । मुलुकमा स्थापित लोकतन्त्रले राज्यका हरेक तहमा ३३ प्रतिशत महिलाको सहभागितालाई सुनिश्चित गरेको छ भने पछाडि पारिएका वर्ग, क्षेत्र, तह तथा तप्कालाई राज्यको मूल प्रवाहमा ल्याइएको छ ।

तर, लोकतन्त्र आएको १५ वर्ष बितिसक्दा पनि मुलुकमा विभेद र समानता अझै कायम हुन सकेको छैन । नागरिकले पाउनुपर्ने अधिकारको अझै उपभोग गर्न पाएका छैनन् । लोकतन्त्र दिवसको अवसरमा आज ठूलो सभा समारोहको आयोजना नहुने भएको छ । सरकारले कोरोना महामारीका कारण यस वर्ष लोकतन्त्र दिवसको अवसरमा भव्य कार्यक्रम नगर्ने जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.