www.tandavnews.com
Fact ~ In search of truth

त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

काठमाण्डौँ
ताण्डव न्यूज ।

काठमाण्डौँमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने आजको फाइनल खेल दिउँसो १ बजेर ४५ मिनेटमा सुरु हुनेछ । कोरोना महामारीपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्न लागेको नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छ ।

Batas

सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्स पनि आजको खेलमा नेपाललाई उसैको घरेलु मैदानमा पराजित गर्दै सिरिजको उपाधि जित्न चाहन्छ । तर, उपाधिका लागि दुबै टोलीलाई त्यति सहज भने हुने छैन् ।

कोरोना महामारीकाबीच हुन लागेको आजको उपाधि खेल भने दर्शकबिहीन हुने बताइएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.