www.tandavnews.com
Fact ~ In search of truth

सरकारले जारी गरेको मापदण्ड पालना नगरे कारबाहीः प्रधानमन्त्री ओली

काठमाडौं,
ताण्डव न्यूज।

राजधानीलगायत देशका विभिन्न भागमा दिनहुँ कोभिङ –१९ संक्रमणको दर बढ्दै गएको अवस्था र नियन्त्रणका लागि भएका प्रयासहरू बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीसीएमसीले ब्रिफिड गरेको छ ।

कोभिङ–१९ संक्रमण तीव्र रूपमा फैलिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले प्रधानमन्त्री ओलीलाई सबै प्रयास र अवस्थाबारे जानकारी गराएको हो ।

Batas

अहिलेको अवह अवस्थामा के गर्न सकिन्छ भन्दै सरोकारवाला सबैको उपस्थितीमा त्यस्तो जानकारी गराउने र कस्तो रणनीतिमा सरकार अघि बढ्ने भनेर छलफल भएको थियो । सीमामा आउजाउमा कडाई, हवाई उडानमा पनि नियन्त्रण र लकडाउन नै उत्तम उपाए भएको सुझाव पनि कतिपय विज्ञले दिएका छन् ।

जसरी हुन्छ व्यक्तिको आउजाउ कम गराउन पर्ने सुझाव सीसीएमसीको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताएका छन्।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.