www.tandavnews.com
Fact ~ In search of truth

बिनाशकारी भूकम्पको ६ वर्ष पूरा, ९३ प्रतिशत निजी आवास पुनर्निर्माण

काठमाडौं,
ताण्डव न्यूज ।

१२ वैशाख ०७२ मा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको आज ६ वर्ष पूरा भएको छ । भूकम्पले ध्वस्त बनाएका कयौँ संरचना पुनर्निर्माण भएका छन् । विशेषगरी विद्यालय भवन, सुरक्षा निकाय भवन र सड़क निर्माणमा राम्रो प्रगति भएको छ।

आमसर्वसाधारणको चासो रहेको ऐतिहासिक महत्वका धरहरा, रानीपोखरीजस्ता सम्पदाको पुनर्निर्माण पनि सम्पन्न भएका छन्। राष्ट्रिय पूर्वाधार प्राधिकरणका अनुसार अब तीनवटा मात्र सरकारी भवन निर्माण गर्न बाँकी छ।

Batas

पुनर्निर्माण र पुनस्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशतको उपलब्धि प्राप्त भएको छ। सांस्कृतिक सम्पदा र स्वास्थ्य संस्थाको निर्माणको गति भने अझै न्यून छ ।

प्राधिकरणले ०७८ असार मसान्तसम्म मात्र नियमित काम गर्नेछ । भूकम्प र त्यसपछिका परकम्पबाट भएको क्षतिको पुनर्निर्माण र पुनस्थापनाको मूल उद्देश्यसहित १० पुस ०७२ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन भएको थियो।

प्राधिकरण स्थापना भएको ६४ महिना पूरा भएको छ। पुनर्निर्माणका लागि स्वीकृत पञ्चवर्षीय पुनर्निर्माण तथा पुनस्थापना योजनाअनुसार परिमार्जित कुल बजेट आवश्यकता चार खर्ब ८८ अर्ब रुपैयाँ रहेको छ।

यसमध्ये अहिलेसम्म सरकार र दातृ निकायहरूको समेत गरी ०७५ चैत सान्तसम्म तीन खर्ब ५७ अर्ब रुपैयाँ खर्च भइसकेको छ । भूकम्प ०५२ ले भत्किएका विद्यालयमध्ये ६ हजार दुई सब ४६ को पुनर्निर्माण सकिएको छ ।

नौ हजार ७२ विद्यालय पुनर्निर्माण गर्नुपर्ने भए पनि सात हजार पाँच सय ५३ प्राथमिकतामा थिए । प्राथमिकतामा परेका एक हजार तीन सय सात विद्यालय निर्माणाधीन छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.