www.tandavnews.com
Fact ~ In search of truth

अपडेटः त्रिशूलीमा खसेका एक मजदूरको मृत्यु

चितनव ।

भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्ने क्रममा त्रिशूलीमा खसेका मजदूरमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । सोही क्रममा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा भारतको बेतिया जिल्ला घर भएका ४३ वर्षीय विजय यादव रहेका छन् । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जना सामान्य र छ जना मध्मम रहेका छन् । उनीहरुको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Batas

बेपत्ता हुनेमा भारतको विहार घर भएका श्याम बाबु पाठक र सुनिल माझी रहेका छन् । उनीहरुको खोजीकार्य भइरहेकोे छ ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान पुलमा फलामको काम गर्दै गर्दा फलामसहित मजदूर खसेका थिए । दुई जना त्रिशूलीमा बेपत्ता भएको र फलामले च्यापिएकाको उद्वार गरिएको उनले जानकारी दिए ।

निर्माणाधीन सो पुलको केही भाग गत चैत्र २४ गते भाँचिएर नदिमा खसेको थियो । सो स्थानमा १४ जना मजदूरले काम गरिरहेका थिए । भरतपुर महानगरपालिका–१, ठिमुरा र देवघाट गाउँपालिका–५, घिनाटार जोड्ने ८।५ मिटर चौँडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको थियो ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.