www.tandavnews.com
Fact ~ In search of truth

लकडाउन दीर्घकालिन उपाय होईन : प्रवक्ता ज्ञवाली

काठमाडौं,
ताण्डव न्यूज ।

तत्काल देशव्यापी लकडाउन नहुने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकपछि आइतबार बालुवाटारमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री ज्ञवालीले पहिलो प्राथमिकता लकडाउन भन्दा पनि नागरिकहरूमा जनचेतना फैलाउने र स्वास्थ्य मापदण्ड पालना गराउनेमा ध्यान केन्द्रित हुने बताएका हुन्।

Batas

उनले भने, ‘लकडाउनले कोरोना संक्रमणको जालो त तोड्छ तर त्यो दीर्घकालीन समाधान होइन । अर्थतन्त्र पनि भर्खर तंग्रिन लागेको छ । कोरोना बढ्यो भने स्थानीयस्तरमा लकडाउन हुन्छ तर राष्ट्रव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौं।’ त्यस्तै, कोभिड–१९ संक्रमण नियन्त्रणका लागि एमालेले कार्यकर्ता परिचालन गर्ने भएको छ ।

एमाले प्रवक्तासमेत रहेका ज्ञवालीले बिहीबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका संगठनहरूलाई कोभिड नियन्त्रणका कार्यमा खटिन निर्देशन दिएको बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.