www.tandavnews.com
Fact ~ In search of truth

पछिल्लो २४ घण्टामा थप २८ जनाको मृत्यु , ३१२२ जनामा संक्रमण पुष्टि

काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ३२ पीसीआर पोजेटिभ र ९० जना एन्टिजेन पोजेटिभ भेटिएको जानकारी दिए ।

Batas

पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार १३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना गरी उपत्यकामा १ हजार ४९८ जना संक्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप २८ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । यसैगरी ४५० जना भने संक्रमणमुक्त भएको प्रवक्ता गौतमले जानकारी दिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.