www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः १२ लाख बढी रकमसहित ३३ जुवाडे पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेश प्रहरी अन्तर्गतका प्रहरी कार्यालयले ३३ जुवाडेलाई पक्राउ गरेको छ ।

पोखरा र नवलपरासीमा गरि ३३ जुवाडे ठुलो रकमसहित पक्राउ परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
वैशाश ११ गते हिजा(शनिबार) पोखरा महानगरपालिका १२ चापापानीमा रहेको थकाली समाज घरमा जुवा खेलिरहेका १८ जनालाई प्रहरीले नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

Batas

वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जुवा खेलिरहेको समाज घरबाट नगद ६ लाख चौबिस हजार ९ सय ८६ रुपैयाँ, ८ बुक तास, ६४ थान कौडा, तिन लाखको १ वटा र १ लाख ५० हजारको १ गरि जम्मा ४ लाख ५० हजारको चेक,पाउण्ड स्ट्रलिङ २० डलर, ७ अमेरिकन डलर र भारतीय रुपैयाँ ४ हजार ७ सय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

यस्तै नवलपरासी पूर्वमा ११ जुवाडे पक्राउ परेका छन् । बैशाख १० गते अस्ति शुक्रबार कावासोती नगरपालिका १६ डण्डा स्थित एक घरमा जुवा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
उनीहरुको साथबाट २६ हजार ६ सय पच्चिस रुपैयाँ र तीन बुक तास बरामद भएको छ ।

यस्तै हिजो आँबुखैरेनी तनहुँको प्रहरी टोलीले ७ जुवाडेलाई नियन्त्रणमा लिएको छ । आँबुखैरेनी गाँउपालिका ३ का मन बहादुर श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट १ लाख ११ हजार ४ सय ४० रुपैयाँ नगद र १३ बुक तास बरामद भएको छ ।

पक्राउ परेका उनीहरु सबैजना माथि जुवा सम्बन्धि कसुर अन्तर्गत मुद्दा दर्ता गरि अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.