www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजबाट

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा छलफल हुने

पोखरा।

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजबाट शुरू हुँदैछ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दिएको समावेदनका आधारमा विशेष अधिवेशन सुरु हुने भएको हो ।

विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल गर्ने कार्यसूची छ ।हिजो (आइतबार) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूचीअनुसार आज (सोमबार) प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बोल्ने भएका छन् । त्यसपछि अरु प्रदेशसभा सदस्यले बोल्ने भएका छन्।

Batas

अविश्वासको प्रस्तावमाथि छलफल भएपछि मतदान सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।अविश्वासको प्रस्तावमा २८ जनाको हस्ताक्षर छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.