www.tandavnews.com
Fact ~ In search of truth

पोखरा -४ का अध्यक्ष बास्तोला पोखरा बहुमुखी क्याम्पसको आजिवन सदस्य

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष शंकर प्रसाद बास्तोलालाई पोखरा बहुमुखी क्याम्पसले आजिवन सदस्यताको प्रमाण पत्र प्रदान गरेको छ ।

क्याम्पसको शैक्षिक विकासमा महत्वपुर्ण भुमिका खेल्दै योगदान पुर्याएको भन्दै क्याम्पसले सम्मानस्वरुप आजिवन सदस्यताको प्रमाण पत्र हस्तान्तरण गरेको हो ।

Batas

क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले सम्मान पत्र प्रदान गरेका थिए । सदस्यता सम्मान पत्र प्रदान गर्दै लालचनले क्याम्पसका हरेक गतिविधिमा सहभागी भई निस्वार्थ सेवा गरेका र अध्यक्ष बाँस्तोला क्याम्पसका असल अभिभावक भएको बताए ।

क्याम्पसले आफूलाई सम्मान स्वरुप आजिवन सदस्यता प्रदान गरेकोमा अध्यक्ष बास्तोलाले खुसी व्यक्त गरे ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.