www.tandavnews.com
Fact ~ In search of truth

खैरेको हत्यारालाई कारवाही माग

काठमाडौं ।

खैरेलाई हिर्काएर मारेका विरोधमा दोषीमाथि कानूनी कारवाहीको माग गरिएको छ । धुलिखेल नगरपालिका–४ स्थित २८ किलो भन्ने स्थानमा दुई युवाले गत चैत १८ गते खैरे नामको कुकुरलाई मारेका थिए ।

रेस्क्यु एनिमल नेपालले हत्यामा संलग्न युवालाई तत्काल पक्राउ गर्न अनुरोध गरे पनि प्रहरीले आलटाल गरेको संस्थाका पदाधिकारी सिर्जना अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिए । बिजुलीको खम्बामा खैरेलाई बाँधी दुई पुरुषले कोदालो र फलामको रडले टाउकामा हिर्काएर हत्या गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

Batas

अधिकारीले खैरेको हत्यारा पक्राउ नभए सशक्त आन्दोलन गरिने चेतावनी दिँदै कुकुरको हत्यारा पक्राउ गर्न प्रहरीसमक्ष किटानी जाहेरी दिइएको आइतबार जानकारी दिए । नेपालमा पशुपन्छी संरक्षण ऐनानुसार जनावरका हत्यारालाई तीन महिनासम्म थुन्ने र पाँच हजार जरिवाना हुनेछ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.