www.tandavnews.com
Fact ~ In search of truth

पोखराको पद्म नर्सिङ होममा सञ्चालक समिति र शेयरधनीबीच लफडा

पोखरा,
ताण्डव न्यूज ।

पोखराको न्युरोडमा रहेको पद्यम नर्सिङ होम नदीपुरमा सारिएपछि केही लगानीकर्ताहरु रुष्ट बनेसँगै अस्पताल भित्रको द्वन्द्व उत्कर्षमा पुगेको छ ।

अस्पताल सञ्चालक समिति र लगानीकर्ताहरुबीच विशेष साधारणसभाका निर्णयहरु, अस्पताल रहने स्थान, अस्पतालका पुराना संरचनाको लिलामी लगायतका विषयमा चर्को विवाद देखिएको हो । अस्पतालको ‘७९ प्रतिशत’ शेयरधनीहरुको प्रतिनधित्व रहेको दावी सहित सोमबार पोखरामा पत्रकार सम्मेलन गरी सञ्चालकहरुले आफूहरुले मिडियासमक्ष गुहार मागेको बताए ।

Batas

पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका सञ्चालक मध्येका एक नरेन्द्र बास्तोलाले २० प्रतिशत भन्दा कम शेयर अंशको प्रतिनिधित्व गरी यहि बैशाख ११ गते साधारण सभा सम्पन्न गरेर निर्णयहरु पारित भयो भनी पत्रपत्रिकामा समाचार प्रकाशन गरेका कारण उक्त कार्यको भण्डाफोर गर्न आफूहरु मिडियासामु आउनु परेको बताए ।

सञ्चालक समतिले लेखा परिक्षकको नियुक्तिमा विबाद देखाउँदै प्रालिको रकम अपचलन लुकाएको, फार्मेसीको आम्दानी लुकाएको, टिडिएस छलेको, शेयर धनीको लाभांश ठगेको र प्रालिको नेटवर्क घटाउने काम गरेको शेयरधनी मध्येका एक डा. कालुशर्मा सुवेदीले बताए ।

पुरानो २५ शैयाको अस्पताल हुँदा न्यूरोडमा उचित भएपनि सेवा सुविधा र बेड संख्या थपिँदा उक्त संरचना पर्याप्त नभएको भन्दै सुवेदीले नदीपुरमा स्थान्तरण गर्नुपरेको तर घरबेटी लगायतका केही सञ्चालकहरु विभिन्न बहानामा मापदण्ड नपुग्ने भाडाकै घरमा अस्पताल सञ्चालन गर्न खोज्दा विवाद बढेको बताए ।

यहि वैशाख ६ गते विशेष साधारण सभा सम्पन्न भइ नयाँ संञ्चालक समिति बनेको र कम्पनी कार्यालयमा अद्यावधिकको लागि प्रक्रिया अगाडी वढेको भन्दै आफूहरु बैसाख ११ को साधारणसभा बहिष्कार गर्न बाध्य भएको उनको भनाई छ ।

पत्रकार सम्मेलनमा वितरित ४ पेज लामो प्रेस विज्ञप्तिमा थुप्रै असन्तुष्टीहरु छताछुल्ल पारिएको छ । संञ्चालक समितिले नियतवस नै प्रपञ्च रचेर अस्पतालको सम्पुर्ण सम्पत्ती लिलामी गर्न लागेको, फर्जी झुट्टा वित्तिय विवरण वनाएर अनुमोदन गर्ने उद्धेश्यले मात्र साधारण सभा वोलाएको, सञ्चालक समिति र कानुनी सल्लाकारले कम्पनि कानुन र नियमावली वमोजिम शेयर प्रतिशतका आधारमा साधारण सभामा गणपुरक संख्या घोषणा तथा शेयर प्रतिशतका आधारमा निर्णय नगरि संख्या गणना गरेर मतदान गरि साधारण सभामा निर्णय गरिने परिपाटी रहेको लगायतका बुँदाहरु उल्लेख छन ।

त्यस्तै विज्ञप्तिमा साधारण सभाको उपस्थिीमा हस्ताक्षर गराएर केही वोल्न नदिई वाहिर पठाउने र निर्णय भएको भन्ने गरिएको मिति २०७५/०२/२९ को विशेष साधारण सभामा पनि यसरी नै उपस्थिीमा हस्ताक्षर गराएर केही वोल्न नदिई वाहिर पठाइएको विषय पनि उल्लेख छ ।

सञ्चालक समितिको कुनै निर्णयमा चित्त नवुभेको अवस्थामा माईन्यूटको नोट अफ डिसेन्ट समेत वल पुर्वक काट्न लगाउने गरिएको, मिति २०७४/०९/२२ को वार्षिक साधारण सभाको आधिकारीक माईन्यूटमा रहेको सञ्चालक समितिको गठन विषयको एजेण्डामा नोट अफ डिसेन्ट नकाटेको भएता पनि निर्वाचन रजिष्टरको निर्णयमा नोट अफ डिसेन्ट काट्न लगाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा साधारण सभाको पत्रमा आफूहरु कसैलाइ पनि उक्त वित्तिय विवरणहरु उपलब्ध नगराइएकोले आफूहरु सवैको प्रतिनिधित्व गरि डा. कालु शर्मा सुवेदीले पटक पटक प्रवन्ध निर्देशकसंग र कार्यालयमा वित्तिय विवरण माग गर्दा दिन ईन्कार गरेको भन्दै असन्तुष्टि जनाईएको छ ।

त्यसैगरी, कम्पनी रजिष्ट्रारको कार्यालय र स्वास्थ्य निकायमा पद्म नर्सिङ्ग होम प्रा लि को आधिकारीक ठेगाना पोखरा –३, नदिपुर रहेकोमा निजि स्वार्थमा लिप्त भई वलपुर्वक नदिपुरको सट्टा न्यूरोड वाट लेटर प्याड र प्रा लि को छापको दुरुपयोग गरि न्यूरोडबाट अस्पताल सञ्चालन गरेको र न्यूरोडबाट साधारणसभाको आव्हान गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

ऋणमोचन तथा लिलाम रोक्का सम्वन्धी महत्वपुर्ण एजेण्डा र निर्वाचन गर्नका लागि कम्पनी रजिष्ट्रारको कार्यालयले राखेको लगाएतका फलदायी कुनै पनि एजेण्डा नै साधारण सभामा नराखिएको, सञ्चालक समितिले प्रा. लि को सम्पत्ती हिनामिना गरेको सम्वन्धमा सञ्चालक समितिका सदस्यहरुलाई सम्मानित उच्च अदालतमा १३ करोड ११ लाख रुपैया विगो वापतको कोर्ट फि राखि मुद्धा दायर भइ सकेको अवस्था रहेको शेयरधनीहरुको भनाई छ ।

शेयरधनीहरुले कसैलाई पनि अवरोध गर्न खोजेको नभई कम्पनी रजिष्ट्रारको कार्यालय र सम्मानित अदालत वाट उक्त कुराहरुलाई प्रमाणित गरेर ल्याउने समय सम्ममा सम्विन्धित निकायहरुले असली वित्तीय विवरणका आधारमा साधारण सभाको वैधनीकता जाँच गरि कारोवार गर्न शेयरधनीहरु, कर्मचारीहरु, जनमानस, बैंक तथा वित्तीय संस्थाहरु र सरकारी निकायलाई अनुरोध गरिएको छ ।

विज्ञप्तिमा डा. कालुशर्मा सुवेदी, डा. नारायण गौतम, डा. जगत व. खड्का, डा.तरुण पौडेल, ईन्दिरा शर्मा सुवेदी, नरेन्द्र बास्तोला र पोषकनाथ शर्माले हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य उपचारको क्षेत्रमा पोखराको पद्म नर्सिङ्ग होम पुरानै नाम हो । पोखरामै सबैभन्दा पुरानो निजि अस्पतालको छवी बनाएको यो अस्पताल सुरुमा पोखराको न्यूरोडमा स्थापना भएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.