www.tandavnews.com
Fact ~ In search of truth

आहा ! रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबुलाई स्कूटर हस्तान्तरण

पोखरा ।

आहा ! रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबु थापालाई स्कूटर हस्तान्तरण गरिएको छ ।

सहारा क्लब पोखराको आयोजनामा भएको १९ औं संस्करणको आहा १ रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबुलाई सोमबार अप्रिला स्कूटर हस्तान्तरण गरिएको हो ।

Batas

उपाधि विजेता टोली संकटाका गोलरक्षक समेत रहेका राजुबावुलाई पोखरामा अप्रिलाका अधिकृत बिक्रेता सिताज लाइफ स्टाइलका प्रबन्ध निर्देशक अनुजकुमार बास्तोलाले स्कूटर हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा क्लबका अध्यक्ष केशवबहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली, प्रथक उपाध्यक्ष हरिराम गुरुङ (सुरज) लगायतको उपस्थिति थियो ।

राजुबाबुले प्राप्त गरेको स्कूटर अप्रिला स्ट्रोम १२५ को बजार मूल्य २ लाख ४६ हजार ९ सय पर्छ । कम्पनीले स्कुटरमा लाग्ने कर छुट समेत गरी हस्तान्तरण गरेको जनाएको छ ।

पोखरा रंगशालामा गत चैत २१ देखि २८ सम्म सम्पन्न प्रतियोगितामा संकटाले उपाधि जित्दा पाहुना टोली अफ्रिकन रुट एसोसिएसन, क्यामरुन उपविजेतामा सीमित भएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.