www.tandavnews.com
Fact ~ In search of truth

त्रिवि मातहतका सबै परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

पोखरा,
ताण्डव न्यूज ।

त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुको परीक्षा  हाललाई स्थगित गरेको छ ।

टि.यूले सार्वजनिक सुचना जारी गर्दै वार्षिक तथा सेमेष्टर प्रणालीका स्नातक एवम् स्नातकोत्तर तहका विभिन्न परीक्षाहरु संचालित भईरहेका र संचालनको प्रक्रियामा रहेका सबै परीक्षा स्थगित गरेको जनाएको छ ।

Batas

कोभिड १९ को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्न स्थानमा लकडाउन तथा निषेधाज्ञाका कारण परीक्षा स्थगित गर्नुपरेको त्रि.वि केन्द्रीय परीक्षा संचालक समितिले जनाएको छ ।

त्रि.वि द्धारा सञ्चालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु मिति २०७८ वैशाख १४ देखि अर्को सूचना प्रकाशित नभइन्जेल सम्मका लागि स्थगित भएको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.