www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी:विशेष अधिवेशनको दोस्रो बैठक आज

मुख्यमन्त्रीको जवाफपछि अविश्वासको प्रस्तावमाथि मतदान हुने

पोखरा,
ताण्डव न्यूज ।

हिजोदेखि सुरु भएको गण्डकी प्रदेश सभाको विशेष अधिवेशनको दोस्रोे बैठक आज बस्दैछ ।

मध्यान्ह १२ः१५ बजे बस्ने बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजोको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ । हिजो मुख्यमन्त्रीविरुद्ध अविश्वसकोे प्रस्ताव टेबल भएको थियो ।

Batas

सांसदहरूले आआफ्ना धारणा राखेका थिए । मुख्यमन्त्रीको जवाफपछि अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ । आज पक्ष-विपक्षमा मतदान हुननसके भोलि मतदान हुने बताइएको छ ।

गुरुङलाई मुख्यमन्त्रीबाट हटाउन प्रतिपक्ष तीन दलले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । गण्डकी प्रदेशमा एमालेका २७, माओवादीका १२ (एक सभामुखसहित) नेपाली काँग्रेसका १५, स्वतन्त्र १ र राष्ट्रिय जनमोर्चाका तीन सांसद छन् । स्वतन्त्र राजीव गुरुङबाहेक प्रतिपक्षका सबै सदस्यहरूले गुरुङ सरकारविरुद्ध उभिने स्पष्ट पारेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.