www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश संसदमा सांसद पहारीको प्रश्नः कोरोना लागेर सांसदको मृत्यु भए कस्ले जिम्मा लिन्छ ?

पोखरा,
ताण्डव न्यूज ।

कोरोना महामारीका कारण कुनै सांसदको मृत्यु भयो भने कस्ले जिम्मा लिन्छ भन्दै सांसद राजीव पहारीले संसद समक्ष प्रश्न गरेका छन् ।

गण्डकी प्रदेशभाको विशेष अधिवेशनको आज दोश्रो दिनमा समय लिएर बोल्दै सांसद पहारीले कोरोना संक्रमण बढ्दै गएकाले सबै सांसदहरुको पीसीआर परिक्षण गराएर मात्र संसद सञ्चालन गर्न माग गरेका छन् । अहिलेको नया भेरियन्टको भाईरस झनै खतरनाक रहेको भन्दै सांसद पहारीले सावधानी अपनाउनुपर्ने अवस्था रहेको बताए ।

Batas

‘यहाँ कतिपय माननीय सांसदहरुले कोरोनको दोश्रो डोज लगाउनुभएको छैन’ उनले भने ‘कतिपय दीर्घ रोगीहरु हुनुहुन्छ, भोली सांसद वा कर्मचारीको मृत्यु भयो भने को जिम्मेवार हुन्छ ? उनले प्रश्न गरे ।

सरकारले १५ जना भन्दा बढी व्यक्ति भेला नहुन निर्देशन जारी गरीसकेको अवस्थामा सार्वभौम संसदमा २०० जना भेला हुनु आफैमा गलत भएको बताए । सांसद पहारीले बोलिसकेपछि सभामुख नेत्रनाथ अधिकारीले सबैको सहमती र प्रदेश प्रमुखले तोकेको मितिमा बैठक बसेको बताए ।

सभामुख बोलिसकेपछि एमाले सांसदहरुले आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएपछि सभामुख अधिकारीले बैठक २० मिनेटका लागि स्थगित गरेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.