www.tandavnews.com
Fact ~ In search of truth

८ वर्षकी बालिकालाई करणी गर्ने तनहुँका ६३ वर्षीय बृद्ध पक्राउ

काठमाडौं,
ताण्डव न्यूज ।

८ वर्षकी बालिकालाई करणी गरेको अभियोगमा ६३ वर्षीय एक पुरुष पक्राउ परेका छन ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ नैकापमा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी बृत्त काठमाण्डौ प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा तनहुँको दमौली नगरपालिका–१४ घर भइ काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ नैकाप बस्ने ६३ वर्षीय कमल थापा हुन् ।

Batas

पीडित बालिकाको परिवारका सदस्यले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले थापालाई पक्राउ गरेको हो। पक्राउ परेका थापामाथि जबरजस्ती करणीको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.