www.tandavnews.com
Fact ~ In search of truth

पोखरेली युवाहरुले सफा गरे फेवा किनारको फोहोर

पोखरा ।

पोखरेली युवाहरुले फेवाताल किनारको फोहोर सफा गरेका छन् ।

ड्यामसाइडस्थित फेवाताल किनारमा रहेको फोहोर युवाहरुले आज (मंगलबार) बिहान सफा गरेका हुन् ।

Batas

‘अरुलाई दोष नदिऔं र अरुबाट आशा पनि नराखौं, अब जे गर्ने हो आफैबाट शुरु गरौं’ भन्ने सन्देश दिदैँ पोखरेली युवाहरुले फेवाताल सफा गरेका हुन् । युवाहरुले करिब दुई घण्टा लगाएर ड्यामसाइड वरपर तालमा रहेको फोहोरजन्यवस्तु निकालेका थिए ।

सामाजिक कार्यमा अग्रसर रहँदै केहि दिन अघि उनीहरुले सामाजिक सञ्जालमार्फत पोखरेली युवाहरुलाई ताल सरसफाइमा जुट्न आग्रह गरेका थिए ।

पोखरेली युवाहरुको यो कार्यमा १७ नम्बर वडा कार्यालय, त्यहाँस्थित विभिन्न क्लवले सहायता गरेको पोखरेली सञ्चारकर्मी तथा अभियन्ता आशिष पुरीले जानकारी दिए ।

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.