www.tandavnews.com
Fact ~ In search of truth

३ महिने बालिकासहित पोखराका ९७ गरि गण्डकीमा थपिए ११३ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा आज ३ महिने बालिकासहित एकै दिन १०७ संक्रमित थपिएका छन् ।पोखरामा पछिल्लो समय दिनदिनै संक्रमितको संख्या उकालो लागिरहेको छ ।

कास्कीका १०७ सहित गण्डकी प्रदेशमा आज एकै दिन १ सय १३ जना कोरोनाका संक्रमित भेटिएका छन् ।पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना परिक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Batas

थपिएका संक्रमित मध्ये कास्कीमा सबैभन्दा धेरैमा संक्रमण पुष्टि भएको हो । कास्की बाहेक प्रदेशका अन्य जिल्ला नवलपरासी पूर्वमा ३, बागलुङका ४, लमजुङका १, म्याग्दीका १, पर्वतका २,स्याङ्जाका २ र तनहुँका ३ जनामा संक्रमण देखिएको हो ।

यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार १ सय ५१ पुगेको छ । भने आज गण्डकी प्रदेशमा तनहुँका र गोरखाका गरि दुई संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१७ पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.