www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा बिहान ६ बजेदेखि सुरु भयो निषेधाज्ञा : के पाइने, के नपाइने ? यस्तो छ प्रशासनको १० आदेश

पोखरा
ताण्डव न्यूज ।

आज बिहान ६ बजेबाट कास्कीमा निषेधाज्ञा सुरु भएको छ । तीब्र रुपमा फैलिरहेको नयाँ भेरियन्टको कोभिड १९ संक्रमणको अवस्थालाई भयावह हुन नदिन जिल्ला प्रशासन कार्यालय कास्कीले आजदेखि निषेधाज्ञा लागू गरेको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णय समेतका आधारमा प्रशासनले १० बुँदे आदेश समेत जारी गरिसकेको छ । आदेश अनुसार आजबाट सर्वसाधारणहरु अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन पाउने छैनन् भने सबै प्रकारका सभा, सम्मेलन जममघमा प्रतिबन्ध लगाइएको छ ।

Batas

आजबाट जिल्ला भित्र हुने यात्रुवाहक सार्वजनिक तथा निजी सवारीसाधनहरु जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्रणालीमा संचालन हुनेछन् । खाद्यान्नका पसलहरु बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खुला भइरहँदा अन्य प्रकृतिका पसल सबै बन्द हुनेछन् । यस्तै, होटल तथा रेष्टूरेण्टहरुले बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म टेक अवे सेवा मात्र संचालन गर्न भनिएको छ ।

हेर्नुहोस् प्रशासनका १० आदेश

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.