www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका तीन सांसदलाई कोरोना संक्रमण

पोखरा ।

गण्डकी प्रदेश सभाका ३ जना सांसदलाई कोरोना संक्रमण देखिएको छ । पिसिआर परिक्षणबिना ससद चल्न नदिने भन्दै मंगलबार (हिजो) सत्तारुढ दलले गरेको संसद अवरुद्धपछि स्वाब संकलन गरिएको थियो ।

संकलित स्वाब मध्ये ३ जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको श्रोतले बतायो ।

Batas

संसदकाे कार्यसूचि अनुसार आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि मतदान हुने छ ।

मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमण भएमा सांसदले मतदान गर्न पाउने तर सम्वोधन गर्न नपाउने निर्णय गरेको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.