www.tandavnews.com
Fact ~ In search of truth

बनबाट सुरु भएको आगोले रोल्पामा ४० घरगोठ नष्ट, आगो अझै नियन्त्रणमा आएन

रोल्पा ।

रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ मा भिषण आगलागी भएको छ । सोमवारदेखि जंगलमा लागेको आगो हिजो दिउँसो नियन्त्रण भन्दा बाहिर जादा वडाको अधिकांश मानव बस्तीमा फैलिएको थियो ।

बस्तीमै आगलागी पुगेपछि झन्डै ४० घरगोठ जलेर नष्ट भएको गाउँपालिकाका अध्यक्ष सन्त बहादुर वलीले जानकारी दिए । उनका अनुसार आगलागीबाट २१ वटा घर र १९ वटा गोठ गरी चालिस वटा घरगोठ जलेर नष्ट भएका छन् । जंगलमा लागेको आगो स्थानियहरुले सोमवारदेखि नै नियन्त्रणमा लिने प्रयास गरेपनि हिजो हावाहुरीका कारण मानव बस्तीमा पस्दा घरगोठ जलेर नष्ट हुनुको साथै दर्जनभन्दा बढी पशुचौपाया मरेको अध्यक्ष वलीले जानकारी दिए । दिउँसोको समय भएकाले मानविय क्षति भने नभएको उनले बताए । घटनाको सम्पुर्ण विवरण आउन बाँकी रहेको छ ।

Batas

वडाको नुवावाङ, धनवाङ ,बर्तिवाङ, रामपुर लगाएतमा मानव बस्तीमा आगलागी भएको हो । आगो अझै पुर्ण रुपमा नियन्त्रणमा आएको छैन र नियन्त्रणमा लिनका लागी स्थानिय, सुरक्षाकर्मी र जनप्रतनिधिहरु खटिएको उनले जानकारी दिए । आगलागी पिडितहरुलाई सुरक्षित ठाउँमा सारिएको र तत्काल व्यवस्थापनको लागी तयारी भईरहेको अध्यक्ष वलीले बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.