www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा कोरोना अस्पताल नहुँदा समस्या

पर्वत।

पर्वतमा कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा सङ्क्रमितको व्यवस्थापनमा चूनौती देखिएको छ । जिल्लामा सातै स्थानीय तहले निर्माण गरेको कोरोना विशेष अस्पताल अहिले हटाईसकिएको छ । स्थानीय तहले शुरु गरेको कोभिड सङ्क्रमितको उपचारका लागि निर्माण गरिएका क्वारेन्टाईन र आईसोलेसन पनि अहिले सक्रिय छैनन् ।

स्थानीय तहले विभिन्न विद्यालयमा बनाएका क्वारेन्टाईन र आईसोलसन सरकारको आदेशले हटाईएका हुन् । विद्यालयमा नियमित पठनपाठन शुरु गर्नुपर्ने भएकाले गतवर्ष निर्माण गरिएको क्वारेन्टाईन र आईसोलेसन हटेका हुन् । अहिले दोस्रो लहरको सङ्क्रमणकाबढेपछि कोरोना सङ्क्रमितको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता थपिएको छ ।

Batas

कुश्मा स्थित गुप्तेश्वर क्याम्पसमा सञ्चालित कोभिड अस्पताल पुन: सञ्चालन गर्नुपर्ने नागरिक तहबाट माग उठेको छ । जिल्लामा सङ्क्रमित बढ्दै गए पर्वत अस्पतालको क्षमताले नधान्ने भएकाले कोभिड अस्पताल पुन: सञ्चालन गर्नुपर्ने आवाज उठेको हो ।

जिल्लामा मंगलबार सम्मको तथ्याङ्कमा ४ सय २६ जना सङ्क्रमित छन् । जिल्लामा कोरोना सङ्क्रमितलाई भर्ना गरेर उपचार गर्ने अस्पताल नहुँदा अस्पताल खोज्दै पोखरा पुग्नुपर्ने बाध्यता बिरामीको छ । एकातिर पर्वत अस्पतालले आकस्मिक र प्रसुती हुने सेवाग्राहीलाई मात्रै अस्पतालमा आउन अनुरोध गरेको छ । कोरोना सङ्क्रमणको कुनै पनि लक्षण देखिएमा कहाँ जाने भन्ने सर्वसाधारणमा अन्यौल छ ।

पोखरामा पनि अस्पतालमा सहजै बेड पाउने स्थिती छैन । जिल्ला संकट व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्रीले जिल्लामा कोरोना विशेष अस्पताल सञ्चालनका लागि पहल भैरहेको जानकारी दिए । उनले गुप्तेश्वर क्याम्पसको अस्पतालमा नभई यसपाली पर्वत अस्पतलको नवनिर्मित भवनमा कोभिड विशेष अस्पताल बनाउने प्रस्ताव गरिएको जानकारी दिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.