www.tandavnews.com
Fact ~ In search of truth

भारतमा लगातार मृत्यु हुनेको संख्या बढ्दै, शव व्यवस्थापन गर्न ठाउँकै अभाव

एजेन्सी ।

भारतमा कोरोनासङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । वल्र्डाेमिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा भारतमा ३ हजार २ सय ८५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख १ हजार १ सय ६५ पुगेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै जादा शव जलाउने स्थानको कमी हुन थालेको छ । भारतका विभन्न सञ्चार माध्यमहरुले भारतमा कोरोनाका कारण मृत्यु हुने दर बढेसँगै शव जलाउने ठाउँको अभाव हुँदा मानिसहरु घन्टौ कुर्नुपर्ने अवस्था उत्पन्न भएको लेखेको छ ।

Batas

यसैबीच, भारतमा लगातार सातौंदिन ३ लाखभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा भारतमा ३ लाख ६२ हजार ९ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १ करोड ७९ लाख ८८ हजार ६ सय ३७ पुगेको छ । हालसम्म भारतमा कोरोनाका कारण सङ्क्रमित भएकामध्ये झन्डै १ करोड ४८ लाख ७ हजार ७ सय ४ जना स्वस्थ भइसकेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.