www.tandavnews.com
Fact ~ In search of truth

ब्राजिलमा कोभिडबाट तीन लाख ९५ हजारको मृत्यु

साओ पाओलो
रासस/सिन्ह्वा ।

ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९५ हजार नाघेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मङ्गलबार मात्र कोभिड–१९ को सङ्क्रमणमा परेका यहाँका तीन हजार ८६ जनाको एकै दिनमा ज्यान गएको हो ।

योसँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९५ हजारभन्दा बढी पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ ।त्यसैगरी सोही अवधीमा थप ७२ हजार भन्दा बढीमा कोरोना भाइरस सङ्क्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ ।

Batas

कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म एक करोड ४४ लाख ४१ हजार जनाभन्दा बढीमा सो सङ्क्रमण भएको बताइएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभ आइरहेका छन् । अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् ।

यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र ९२ हजारभन्दा बढी नागरिकको ज्यान गएको छ । त्यसैगरी सो राज्यमा करिब २९ लाख भन्दा बढी नागरिक कारोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.