www.tandavnews.com
Fact ~ In search of truth

कोरोना देखिएपछि कांग्रेस बैठक स्थगित

काठमाडौं ।

आज वैशाख १५ का लागि निर्धारण भएको प्रमुख विपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरिएको छ ।

बैठक तयारीका क्रममा गरिएको पिसिआर परीक्षणमा केन्द्रीय कार्यसमितिका केही सदस्य एवं केन्द्रीय कार्यालयका कर्मचारीसमेतमा कोरोना सङ्क्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

Batas

कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा बढिरहेका बेला ठूलो सङ्ख्यामा उपस्थित भई बैठक गर्नु अनुपयुक्त भएकाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशानुसार बैठक स्थगन गरिएको उनले बताए ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.