www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी : बागलुङ र गोरखाका २ संक्रमितको मृत्यु

प्रदेशमा मृतकको संख्या २१९ पुग्यो

पोखरा,
ताण्डव न्यूज ।

कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा थप २ जनाको ज्यान गएको छ । बाग्लुङका ६१ वर्षीय महिला र गोरखाका ५५ वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बागलुङको बाग्लुङ नगरपालिका वडा नं ११ की ६१ बर्षीय कोरोना संक्रमित महिलाको यहि बैशाख १३ गते राती १२ः१५ बजे मणिपाल शिक्षण अस्पताल, पोखरामा निधन भएको हो । उनमा बैशाख १० गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

Batas

त्यस्तै गोरखाको गोरखा नगरपालिका वडा नं १४ का ५५ बर्षीय कोरोना संक्रमित पुरूषको बैशाख १४ गते भरतपुर अस्पताल, चितवनमा उपचारको क्रममा निधन भएको हो । उनमा यहि बैशाख ८ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । यो सहित प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१९ पुगेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.