www.tandavnews.com
Fact ~ In search of truth

५ केजी गाँजा सहित २० वर्षीय तालचोकका रोशन गुरुङ पक्राउ

पोखरा,

ताण्डव न्यूज ।

पोखरामा ५ केजी गाँजा सहित आज एक युवक पक्राउ परेका छन् ।

Batas

पक्राउ पर्नेमा पोखराको वडा नं २७ तालचोक बस्ने २० वर्षीय रोशन गुरुङ रहेको कास्की प्रहरीले जानकारी दिएको छ । मोटरसाईकलमा भण्डारढिकबाट तालचोक तर्फ जाँदै गरेका गुरुङको साथबाट ५ के.जी. ५०० ग्राम गाँजा फेला परेको प्रहरीको भनाई छ ।

ईलाका प्रहरी कार्यालय डाँडाकोनाकबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका गुरुङ विरुद्ध लागूऔषध सम्बन्धी कसुर अन्तरगत अनुसन्धानको कार्य अगाडी बढाईएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.