www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः हिजोको आजै संक्रमितको संख्या झण्डै तीन गुणा बढी

कास्कीका १७३ सहित प्रदेशभर थपिए ३०८ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको ग्राफ दिनदिनै उकालो लागि रहेको छ ।

हिजोको आजै गण्डकीमा कोरोना संक्रमितको संख्या झण्डै तीन गुणाले बढेको छ । आज प्रदेशमा भर ३०८ नयाँ संक्रमित थपिएका छन् । हिजो प्रदेशमा जम्मा ११३ संक्रमित थपिएकोमा आज भने एकै दिन झण्डै तीन गुणाले संक्रमित बढेका हुन् ।

Batas

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार आज १ हजार १८ जनामा पीसीआर चेक गर्दा ३०८ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा सबैभन्दा धेरै कास्कीका रहेका छन् । कास्कीमा आज मात्रै १ सय ७३ जनामा कोरोना संक्रमित थपिएका छन् ।
थपिएका संक्रमितसँगै कास्कीमा हालसम्म संक्रमित हुनेको संख्या ९हजार ४ सय ८० पुगेको छ ।

यस्तै संक्रमित हुनेमा स्याङ्जाका ४१ जना , बागलुङका १७,पर्वतका ५, तनहुँका ७, म्याग्दीका ११, गोरखाका ४६,मुस्ताङका १ र नवलपरासी पूर्वका ७ जना रहेका छन् ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको कुल संख्या १८ हजार २ सय ५९ पुगेको छ ।

आज गोरखा र तनहुँका गरि प्रदेशमा दुई संक्रमितले ज्यान गुमाए । प्रदेशमा कोरोनाबाट ज्यान जानेको संख्या २१९ पुगेको छ । हाल प्रदेशमा १ हजार २ सय ८९ सक्रिय संक्रमित रहेका छन् । आज २६ जना संक्रमित सन्चो भएसँगै निको हुनेको संख्या १६ हजार ७ सय ५१ रहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.