www.tandavnews.com
Fact ~ In search of truth

जसपाका १२० नेता कार्यकर्ताको मुद्धा फिर्ता लिने सरकारको निर्णय

काठमाडौं,
ताण्डव न्यूज ।

नेपाल सरकारले जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार वादी भएका र कानुनी हिसाबले फिर्ता लिन मिल्ने १ सय २० जनालाई लागेको १५ वटा मुद्दा फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

Batas

नेपाल सरकार वादी भइ चलाएका फौजदारी मुद्दा फिर्ता लिने सम्बन्धी निर्देशिकाको आधारमा कानुन र संविधान बमोजिम मन्त्रिपरिषद्ले फिर्ता लिनसक्ने मुद्दा निरन्तर फिर्ता हुने उनको भनाइ छ ।

अहिले फिर्ता लिइएका सबै मुद्दा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्तामाथि लागेको उनले बताए । आफ्ना नेता तथा कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता भए जनता समाजवादी पार्टीले सरकारलाई समर्थन गर्ने जनाउँदै आएको थियो । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिने चेतावनी दिइरहेको बेला

बहुमत जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको माग सम्बोधन गरेका हुन् ।

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.