www.tandavnews.com
Fact ~ In search of truth

आजदेखि वैशाख ३० गतेसम्म देशभरका विद्यालय बन्द

काठमाण्डौँ
ताण्डव न्यूज ।

सरकारले आजदेखि वैशाख मसान्तसम्म देशभरका विद्यालय तथा शिक्षालय बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ को नयाँ भेरिएन्टहरु देखिने क्रम बढेकाले रोकथाम, नियन्त्रण तथा उपचारका लागि भन्दै सरकारले मुलुकभरका शैक्षिक संस्थाहरुवैशाख ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । सरकारले भौतिक उपस्थिति नभई भर्चुअल रुपमा वा वैकल्पिक माध्यमबाट पठनपाठन कायम राख्न निर्देशन दिएको छ ।

Batas

नेपालभारत स्थलगत सीमा मार्गहरु नजिकै पायक पर्ने स्थानमा नेपाली सेनाले होल्डिङ सेन्टर बनाउने र जिल्ला प्रशासनले जग्गा व्यवस्था गरे अर्थमन्त्रालयले बजेट निकासा दिने सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

सरकारले कोभिड बिरामीको उपचारका लागि पर्याप्त अक्सिजनको सिलिन्डर हुने गरि तत्काल आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.